एमाले संसदीय दलले दिएको निर्देशनअनुसार सामाजिक विकासमन्त्री दल रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएको एक नेताले बताए ।माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेबाट बनेका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
कर्णाली प्रदेशमा जम्मा ४० सांसद रहेका छन् । जसमध्ये एमालेका २० सांसद छन् । उनीहरूले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार स्वतः अल्पमतमा पर्ने भएको छ ।
माओवादी केन्द्रका १३ सांसद मात्र छन् । बाँकी रहेका ७ जनामा ६ जना नेपाली कांग्रेसका र १ जना राष्ट्रिय प्रजातन्त्र पार्टीका छन् । कर्णाली प्रदेश सभामा सरकार टिकाउन अब शाहीलाई ८ सांसदको समर्थन चाहिन्छ ।