कर्णाली प्रदेश प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य

कर्णाली प्रदेश स्वास्थ्य
0 Shares

समुदायमा सङ्क्रमण देखिन थालेपछि भदौ १ गतेदेखि कर्णाली प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट आवश्यक पर्ने भएको छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट निगेटिभ आवश्यक पर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश प्रवेशका लागि पीसीआर रिपोर्ट तीन दिन अगाडिको हुनुपर्ने छ।

कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरु सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट , सुर्खेतको कुइने नाका र बबइमा कडाइ गर्ने निर्णय गरिएको छ।

अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि आउँदा र जाँदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५२ रहेको मध्ये एक हजार नौ सय एक जना निको भएर घर फर्किसकेका छन।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap