कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

कर्णाली मुख्य समाचार
0 Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।सत्तारुढ दल नेकपाका १८ सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन।

कर्णाली प्रदेश स्थापनाको मर्मअनुसार सरकार चल्‍न नसकेको, व्यक्तिगतरुपमा अघि बढ्न खोजेको हुनाले पटकपटक सचेत गराएको भए पनि नमानेपछि बाध्य भएर अविश्वास प्रस्ताव दर्ता गराइएको बताइएको छ।

शाही तत्लकालीन माओवादीको कोटाबाट मुख्यमन्त्री बनेका हुन् । उनीविरुद्ध तत्कालीन एमालेका सांसद यमलाल कँडेलको डिजाइनमा अविश्वासको प्रस्ताव ल्याइएको हो ।

०७४ फागुन १४ गते सभामुख बाहेक ३९ जना सांसद भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले ३२ मत प्राप्त गरेका थिए। उक्त मत प्रदेशसभाको दुई तिहाई बहुमत हो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था छ । शाहीको गत फागुनमा दुई वर्ष पूरा भएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap