कर्णालीका सांसदहरूलाई केन्द्रको निर्णय मान्न अध्यक्ष केपी ओलीको निर्देशन

कर्णाली मुख्य समाचार
0 Shares

kp-sharma-oliकर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्‍वासको प्रस्तावबारे कर्णाली प्रदेशका सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रको निर्णय मान्‍न निर्देशन दिएका छन् ।

कर्णालीका मुख्यमन्त्री शाही र उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपाकै प्रदेश सभा सदस्यहरुसँग शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग छलफल गरेर समस्या समाधान गरिने बताएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेका थिए । छलफलमा मुख्यमन्त्री शाहीसहितका नेताहरुले आ–आफ्ना कुराहरु राखेका थिए । प्रधानमन्त्रीसँगको छलफलका क्रममा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समूहमा रहेका प्रदेशसभा सदस्यहरुले पार्टी र सरकारबीच तालमेल नमिलेको, तीनै तहका सरकारहरु जनप्रिय हुन नसकेका, सरकारहरुप्रति जनताको अपेक्षा र विश्वास घट्दै गएको धारणा राखेका थिए ।

छलफलमा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कँडेल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजं शाह र चन्द्रबहादुर शाही सहभागी थिए।

शाहीविरुद्ध नेकपाका १८ जना प्रदेशसभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरे पनि वरिष्ठ नेता नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ । मुख्यमन्त्री शाहीले नेता नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने सहमति गर्दै सचेतक भने नियुक्त गरिसकेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap