कम्युनिस्ट सरकारको विपरीत मति: वरिष्ठ नेता पौडेल

मुख्य समाचार
89 Shares

नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारको विपरीत मति भएको टिप्पणी गरेका छ्न। कोरोना परीक्षण र उपचार जनताले आफ्नै खर्चमा गर्नुपर्ने निर्णयलाई कम्युनिष्ट सरकारको विपरित मतिका रुपमा टिप्पणी गरेका हुन।

वरिष्ठ नेता पौडेलले सामाजिक संजाल ट्वीटरमा सरकारले एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्ने, भत्ता बाँड्ने अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोजेर विपरित मति देखाएको बताएका छन् ।

उनले कम्युनिष्ट सरकारको यो के हो भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘कम्युनिष्ट सरकारको विपरित मति । एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ । अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो ? ’

Leave a Reply

Share via
Copy link
Powered by Social Snap