ओली-प्रचण्ड वार्ता शुरु

समाचार

सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छ्न। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच ११:३० बजेदेखि वार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मंगलबार ६ दिनपछि भएको डेढ घन्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली र दाहाल वार्तामा जुटेका हुन।

साउन २ गतेसम्मको लागि स्थायी कमटी बैठक स्थगित भएकाले त्यसअघि नै सहमतिको प्रयास भइरहेको छ। स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ।

पार्टी फुटको नजिक पुग्न थालेपछि अध्यक्ष दाहाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिका लागि ओलीसँग संवाद गर्दै आएका छ्न।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap