आफ्नो सामर्थ्यले भ्याएजति यातायात व्यवसायीलाई सहयोग गर्न प्रतिबद्ध छु: प्रधानमन्त्री

समाचार
0 Shares

kp-sharma-oliप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको वताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने वताउनु भएको हो । कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात ब्यवसायी र मजदूर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नु पर्ने भएकाले आफ्नो सामर्थ्य अनुरुप समाधानमा अग्रसर रहने वताउनु भयो । नेपाल यातायात ब्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गर्नु भएको थियो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap