नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आगामी संसदीय निर्वाचनमा नेकपालाई बहुमतको संभावना समेत नभएको बताएका छ्न।
साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो? संभावना के हो’ बिषयक भर्चुअल छलफलमा बोल्दै खनालले यस्तो कुरा बताए।
सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिएको र यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ। हाम्रो जनमत समाप्त हुन्छ।
पूर्व प्रधानमन्त्री मन्त्री समेत रहेका खनालले प्रधानमन्त्री के पी शर्मा ओलीले कुनै पनि बिषयमा पनि पार्टीमा संस्थागत रुपमा छ्लफल नगराई एकलौटी ढंगले चल्न खोजेको आरोप लगाए। प्रधानमन्त्री ओलीले पार्टीको फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको समेत आरोप लगाए।
खनालले भने- नेकपा सरकारको आयु अब तीन वर्ष मात्र रहेकाले अब पनि सरकारलाई पुनर्गठन गरेर लोकप्रिय काम नगरे दुई तिहाइको संभावना त टरिसकेको छ बहुमत समेत आउदैन।