असोज ९ गते देखि सल्यानमा सभासम्मेलन र शैक्षिक संस्था संचालनमा रोक

समाचार

युवराज रेग्मी, असोज ९,

सल्यानमा सभासम्मेलन र शैक्षिक संस्था संचालन गर्न नपाइने भएको छ । कोरोनालाई समुदायस्तरमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सल्यानले सभासम्मेलन र शैक्षिक संस्था संचालनमा पूर्णरुपमा रोक लगाएको हो।असोज ९ गतेदेखि अर्को आदेश नभएसम्म कुनैपनि यस्ता खालका कार्यक्रम गर्न गराउन पाइने छैन। यदि कसैले यस आदेश विरुद्दका गविधिहरु गरे गराएको पाइएमा संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सल्यानले असोज ८ गते विज्ञप्ती प्रकाशित गर्दै खुल्ला स्थानमा भेला हुन, शैक्षिक संस्था सञ्चालन गर्न, धार्मिक तथा सांस्कृतिक स्थान सञ्चालन गर्न, सभा सम्मेलन गर्न बन्द गरेको र अटेर गरे कारबाही गरिने जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap