आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन। शर्माले साँझै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका हुन।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले विवादमा परेर राजिनामा गरेका थिए। मन्त्रालयले उक्त दिनको सिसिटिभी फुटेज भएको उत्तर दिएपछि शर्माको चौतर्फी आलोचना भएकाले राजिनामा गरेका हुन।
संसदीय विशेष छानबिन समितिले जेठ १४ गते अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गएको पुष्टि गर्न नसकेपछि शर्मामाथिको आरोप प्रमाणित भएन। गत शुक्रबार समितिले आफ्नो प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई फेरि अर्थमन्त्री नियुक्ति गर्न आज राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए।